चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको आग्रह


काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद मिश्रले कर दर बढ्ने संकेत पाएपछि व्यापारीहरूले उत्पादन बढाएर गोदाममा थुपार्ने र त्यसपछि बजारमा अभाव सिर्जना गर्ने प्रवृत्ति रहेको भन्दै त्यस्तो दम्भ अन्त्यका लागि पनि कर नबढाउनु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् ।

उनले भने,”बजेट आउँदैछ। करका दर बढ्नु भनेको चलखेल पनि हो। चाल पाउने बित्तिकै व्यापारीले नयाँ गोदाम बनाएर सामान भरि राख्छन्। त्यसैले मेरो दुई हात जोडेर बिन्ति छ, कमसेकम यसपटक चुरोट र रक्सीमा कर नबढाउनुस्। अनि हेर्नेछौं, व्यापारीको दम्भ।”

सांसद मिश्रले भन्सारमा हुने चुहावट रोक्न सरकारको ध्यान जानुपर्नेमा पनि जोड दिए । उनले भन्सारमार्फत जम्मा ५० प्रतिशत मात्र राजस्व असुली हुने भन्दै बाँकी सामानहरू साँठगाँठका आधारमा फरक बाटो भएर नेपाल भित्रिने आरोप लगाए