सगरमाथा संवादले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गरायोः सांसद न्यौपाने


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले सगरमाथा संवादले जलवायु परिवर्तन र त्यसले नेपालमा पारेका असरबारे संसारले सुन्नेगरी ध्यानाकर्षण गराएको बताएकी छन् ।

बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यसअघि पनि विश्वसामु जलवायु परिवर्तनकाका कारण भोग्नुपरेका समस्याहरु विश्वले सुन्नेगरि सगरमाथा संवादले गराएको दाबी गरेकी हुन् ।

उनले सम्पन्न राष्ट्रहरूको हरित उर्जा गृहले ग्यास उत्सर्जन गरिरहेको र त्यसमा नेपालको भुमिका शून्य दशमलब शुन्य पाँच छ मात्र रहेको स्पष्ट पारिन् ।

उनले प्रकृतिमाथि हस्तक्षेप गरियो भने प्रकृतिले पनि हामीसँग बदला लिन्छ भन्दै प्रकृतिलाई अनुकुलमा लिएर सम्बन्ध बनाउँदै जानुपर्नेमा जोड दिइन्ए । सगरमाथा संवादले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नुपरेको क्षति स्पष्टताका साथ विश्वसामु राखेकोले भोलि परिणाम पनि सगरमाथाझैं प्राप्त हुने विश्वास व्यक्त गरिन्।

उनले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सोहीअनुरुप कानुन बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आगामी बजेटमासमेत स्थान पाउने विश्वास व्यक्त गरिन् ।