राष्ट्रिसभाका सांसदले ११ र १२ गते प्रदेशका स्थानीय तह र प्रदेश सभा सदस्यसँग समन्वय बैठक गर्ने


काठमाडाैँ । राष्ट्रिय सभाका सांसदहरूले जेठ ११ र १२ गते सात ओटै प्रदेशका स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरूसँग समन्वय बैठक गर्ने भएका छन् ।

राष्ट्रिय सभा नियमावलीअनुसार वर्षमा एक पटक सम्बन्धित प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापनलगायतका विषयमा समन्वय बैठक गर्ने प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यहरुले समन्वय बैठक गर्ने प्रावधान रहेको छ ।

सोही प्रावधानअनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेठ ११ र १२ गते राष्ट्रिय सभाका सदस्यहरुले समन्वय बैठक गर्नेगरि निर्धारण गरेका छन्।

अध्यक्ष दाहालले यो ऐतिहासिक कार्यक्रम भएकाले सम्पूर्ण सदस्हरु आआफ्नो प्रदेशमा उपस्थित भई सक्रिय सहभागी हुने विश्वास व्यक्त गरे ।

उनले छलफल विधायकी अन्तरसम्बन्ध, संघीयता कार्यान्वयन, वित्तीय संघीयताका विविध पक्ष र सार्वजनिक सेवा र विकास व्यवस्थापनका विषयमा हुने जानकारी दिए ।

उनले छलफलमा उजागर भएका विषय र समस्या समाधानका सुझाव समेत समावेश गरी एकप्रति सभामा पेश गरिने र कार्यान्वयनका लागि नेपाल सरकारका सम्बन्धित निकायमा पठाइने जानकारी दिए ।