बिहीबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार एक हजार ७०० रुपैयाँले बढेर एक लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला प्रतितोला ३५ रुपैयाँले बढेर २ हजार २५ रुपैयाँ पुगेको छ ।