बैंकर्स संघका पदाधिकारीहरूले नवनियुक्त गभर्नर डा. पौडेललाई दिए बधाई तथा शुभकामना


काठमाडौँ । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै बधाई तथा शुभकामना दिएका छन् ।

सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सँधै भैm नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोगको अपेक्षा रहेको पनि उल्लेख गरेका छन् ।

नव नियूक्त गभर्नर डा. पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै, विद्यमान चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताए ।