काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न नगराउन निर्देशन दिएको छ ।
नेपालका केही स्थानहरुमा विभिन्न व्यक्ति संस्थाहरुले प्राधिकरणबाट अनुमतिपत्र नलिई इन्टरनेट (इमेल सहित) सेवा सञ्चालन गरेको गुनासो आएपछि प्राधिकरणले अनुमति नलिई सेवा सञ्चालन नगर्न निर्देशन दिएको हो ।
उक्त कार्य दूरसञ्चार ऐन २०५३ को दफा २१ विपरीतको कार्य भएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्