काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।
तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्