काठमाडाैँ ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताएका हुन् ।
उनले राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक रहेको उल्लेख गरे । उनले शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली काँग्रेस दृढ रहेको बताए । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिएको र योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरूले पाउन सहज बनाउनुपर्ने बताए ।
सभापति देउवाले श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको कार्यान्वयनमा काँग्रेसले पहल गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्