देशभर लागुऔषधको समस्या विकराल, प्रहरीद्वारा रचनात्मक सहयोगको आपिल


काठमाडाैँ । लागुऔषध देशको साझा समस्याको रूपमा आएको भन्दै न्युनिकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले लागुऔषधको समस्या विकराल बन्दै गएको बताएका हुन् ।

उनले नेपालको साझा समस्या भनेकै लागुऔषध रहेको र समाज लागुऔषधको समस्याका कारण आक्रान्त बनेको बताए। उनले युवाहरू लागुऔषधको दुव्र्यसनमा परेर आफ्नो भविष्यको दुरावस्थामा पुगिरहेको बताए । मुलुकको समुन्नति, मुलुकको विकास र समाजको उदाहरणीय व्यक्तित्व रुपमा देख्नसक्ने मानिसहरु नै अहिले दुव्र्यसनको शिकार हुनु दुःखद् भएको बताए ।सबैले लागुऔषध दुव्र्यसनीको बिरुद्धमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।

उनले नेपाल प्रहरीमा १८ हजार थप दबरन्दी आवश्यक रहेको बताउनु भयो । नेपाल प्रहरीको आफ्नै कार्यालय भवन नभएको प्रहरी इकाइ ७ सय ९१ वटा रहेको बताए । २७ हजार ७ सय ८८ जनशक्ति आवश्यक रहेको बताए । नेपाल प्रहरीले २४ घण्टामा ४ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९ स्थानमा, पिकेट १ हजार १ सय ६८ वटा हुने गरेको बताए ।