काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताएका हुन् ।
नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको उनको भनाइ छ । उनले नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको समेत बताए । उनले सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको समेत बताए ।
अध्यक्ष ढकालले पर्यटन प्रवर्धन नेपालको आर्थिक वृद्धिमा टेवा पु¥याउने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्