काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोल माध्यमबाट २१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकले यसको साँवाब्याज २०८२ असार १ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्