मेयर महर्जनले भनेः नेपालमा काम गर्नका लागि धेरै अफ्ठ्यारा छन्


काठमाडाैँ । ललितपुर महानगरपाकिलाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अफ्ठ्यारो रहेको बताएका छन् ।

आइतवार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिनुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै बिगार हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२-२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताए।

राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने विडम्वनापूर्ण अवस्गा रहेको बताए । नियत सफा भएको खण्डमा कसैले केही पनि गर्न नसक्ने बताए । उनले राम्रा काम गर्नेहरूमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने बताए। 

प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अरु काम पूरुा गरेको जिकिर गरे ।