काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रूपमा अघि बढाइएको बताएका छन् ।
आइतवार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभियानकै रुपमा अहिलेसम्म विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र विपद्को क्षति न्युनिकरणका लागि यस पटकदेखि सरकारले काम थालेको उल्लेख गरेका हुन् ।
उनले विपद्को समयमा स्वयंसेवकको भुमिका महत्वपूर्ण हुने बताए । विपद्को बेलामा तीन तहकै सरकारसँग समन्वय गरेर काम गरेमात्रै सफलता प्राप्त हुने उल्लेख गरे ।
उनले ललितपुर महानगरलालिकाबाट सुरू भएको स्वयंसेवक परिचालन आधारभुत तालिमलाई सबै पालिका स्तरमा पुर्याइने बताए ।
प्रतिक्रिया दिनुहोस्