८अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयरमापक सूचक नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा राधि विद्युतको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७१ करोड बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज ओम मेघाश्री फर्माक्युलिटिकल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७ सय ७१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६० करोड ९५ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।