काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामुलक बनाउनुपर्ने बताएकी छन् ।
आइतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पूर्वमन्त्री श्रेष्ठले विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा उनले निजी विद्यालयको हकमा राष्ट्रियकरण गर्ने नभई गैरनाफामुलक बनाउनुपर्ने बताएकी हुन् ।
उद्योग मन्त्रालयले गरेको अनुगमनका विषयमा निजी विद्यालयहरुबाट आइरहेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै नियमनमा कडाइका साथ लाग्नुपर्नेमा उनले जोड दिइन् । मन्त्रालय तयारीका साथ छलफलमा नआएको भन्दै उनले अबको बैठकमा पनि यिनै विषयमा छलफल गरिरहने हो भने आजकै छलफल रेकर्ड गरेर सुनाइदिने कामबाहेक अन्य कुनै छलफल नहुने बताइन् ।
उनले निजी विद्यालयलाई गैर नाफामुलक बनाउन कति समय लाग्ने भन्ने विषयमा पनि समिति स्पष्ट हुनुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्