काठमाडौँ । यामाहा नेपालले देशभरिका दक्ष प्रविधिकहरूबिच प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजना गरेको ‘नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२’ सम्पन्न भएको छ। कम्पनीको काठमाडौँस्थित तालिम केन्द्रमा सम्पन्न यस राष्ट्रिय प्रतियोगितामा देशभरका क्षेत्रीय चरणहरूबाट छनोट भएका प्राविधिकहरूले भाग लिएका थिए।
प्रतियोगितामा सहभागीहरूले यामाहाको सेवा उत्कृष्टताका लागि आवश्यक पर्ने प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्या पहिचान चुनौती, लिखित परीक्षा तथा भाइभा जस्ता चरणहरू पार गरेका थिए। यसले उनीहरूको सीप, ज्ञान, समस्या समाधान क्षमताका साथै यामाहाप्रति समर्पणलाई प्रस्तुत गर्ने अवसर प्रदान गरेका कम्पनीले जनाएकाे छ ।
प्रतिस्पर्धापछि बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोकका सुकदेव कुमार माझी विजेता घोषित भए। तिरुपति अटो प्यालेस, विराटनगरका रोनित श्रेष्ठ प्रथम उपविजेता बने भने जेएस अटोमोबाइल्स सतुंगलका सागर त्वाती र जी.एस.एस. ट्रेडर्स, लम्कीका बिनोद चौधरी संयुक्त रूपमा दोस्रो उपविजेता घोषित भएकाे कम्पनीले जनाएकाे छ ।
विजेताहरूको सम्मानका क्रममा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले यामाहा केवल ब्रान्ड नभई नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान भएको बताए । उनले भने, “प्रत्येक उत्कृष्ट यामाहा अनुभवको पछाडि एक दक्ष प्रविधिकको हात हुन्छ। उनीहरूले यात्रालाई सुरक्षित, सहज र विश्वसनीय बनाउने भूमिका निर्वाह गर्छन्।”
उनले जनशक्तिमा निरन्तर लगानी गर्दै आएका यामाहा नेपालले सही तालिम, उपकरण र अवसर प्रदान गर्दै सेवा क्षेत्रको गुणस्तर निरन्तर उकासिरहेको उल्लेख गरे। उनका अनुसार यो प्रतियोगिता कम्पनीको सेवा दर्शन, ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको मेरुदण्ड बनेका प्रविधिकहरूको योगदानलाई सम्मान गर्ने महत्वपूर्ण पहल हो।
प्रतिक्रिया दिनुहोस्