काठमाडौँ । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा देशकै सबैभन्दा उच्च स्थानमा रहेको सीसीएस२ इभी चार्जिङ स्टेशनको औपचारिक उद्घाटन गरेको छ। यो नयाँ स्टेसनको स्थापना केवल प्रविधिगत सफलता मात्र नभई, दुर्गम भूगोलमा समेत विद्युतीय सवारी साधनको पहुँच सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम रहेकाे कम्पनीकाे दाबी छ ।
जोमसोमजस्तो उच्च भौगोलिक स्थानमा सीसीएस२ चार्जिङ सुविधा विस्तारसँगै, अब ईभी प्रयोगकर्ताहरूले सुरक्षित र वातावरणमैत्री यात्राको अनुभव लिन सक्ने कम्पनीले जनाएकाे छ । यसले हरित नेपाल निर्माण र दिगो पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने विश्वास गरिएको छ।
एमएडब्लू वृद्धिले हालसम्म देशभर ११६ स्थानमा सीसीएस२ चार्जिङ स्टेशनहरू स्थापना गरिसकेको छ, जसले सहरदेखि जोमसोमजस्ता दुर्गम क्षेत्रसम्म भरपर्दो सेवा प्रदान गरिरहेको छ। कम्पनीको यो प्रयासले वातावरणप्रेमी यात्रुहरूलाई सहजता प्रदान गर्नुका साथै, स्वदेशी तथा विदेशी पर्यटकहरूमाझ जोमसोमको आकर्षणलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्