सुझाव विपरित विधेयक आए मान्य हुनेछैनः वरिष्ठ उपाध्यक्ष मल्होत्रा


काठमाडाैँ । चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा उल्लेख भएका बुँदाहरु नै कानून बनेमा अर्थतन्त्रमा संकट आउने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै मल्होत्राले केही समयअघि राष्ट्र बैंकले चालु पुँजी कर्जाबारे केही नसोची नियम ल्याउँदा बजारमा उथलपुथल भएको स्मरण गराए ।

त्यसरी नै सरोकारवालाको सुझावविपरित विधेयकको मस्यौदामा भएको नियम लागु भयोभने झनै ठूलो संकट उत्पन्न हुने उनको छ । कुनैपनि हालतमा विना छलफल आर्थिक संकट उत्पन्न हुनेगरी कानून ल्याउन नहुनेमा उनले जोड दिए । 

उनले यस प्रकारका संकुचनकारी नीति बनाउँदै जाने हो भने उद्यमशीलता र रोजगारी सिर्जना गर्ने वातावरण नरहने स्पष्ट पारे।