सोमबार झिनो अंकले घट्यो नेप्से


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार सेयरमापक सूचक नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार नेप्सेमा राधी विद्युतको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६४ करोड ३१ लाख ५० हजार ९०१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज ओम मेघाश्री फर्माक्युलिटिकल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।