काठमाडाैँ । आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया प्रारम्भ गरेकाे स्याङ्जाकाे भीरकोट नगरपालिकाले विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई सुझाव पेश गर्न आग्रह गरेको छ।
भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले सूचना जारी गर्दै समावेशी र प्रभावकारी बजेट निर्माणका लागि सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरेका छन्।
नगरपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गर्न उपयुक्त हुने विषयबस्तुहरूमा सुझाव पेश गर्न जेठ २२ गतेसम्मको समय दिएको छ। सुझावहरू लिखित रूपमा नगरपालिकाको इमेल ठेगाना [email protected] मा पठाउन सकिने जनाइएको छ।
नगरपालिकाले नीति तथा बजेट निर्माणलाई जनउत्तरदायी बनाउनको लागि सार्वजनिक सुझाव सङ्कलनलाई प्राथमिकता दिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्