पियोर इनर्जीको सेयर नेप्सेमा सूचिकृत,ओपनिङ रेञ्ज कति ?


काठमाडौं । पियोर इनर्जीको आइपिओ आइपीओ सूचिकृत भएको छ ।

नेप्सेमा सोमबार (आज) पियोर इनर्जीको ५० लाख कित्ता साधारण सेयर सूचिकृत भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

उनका अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९६ रुपैयाँ ४५ पैसा देखि २८९ रुपैयाँ ३५ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

आइपिओ बाँडफाँड भएको लामो समय बितिसक्दा पनि आइजिन नम्बरको विवादले सेयर सूचिकृत हुन सकेको थिएन ।

संस्थापक सेयर र साधारण सेयरको लागि फरक फरक आइजिन नम्बर हुनुपर्ने तर्क सिडिएससीले राखेको थियो भने बैंक तथा वित्तीय क्षेत्रका कम्पनीलाई मात्र दुईओटा आइजिन नम्बर दिने गरिएको र वास्तविक क्षेत्रका कम्पनीहरुलाई एउटै आइजिन नम्बर दिने गरिएको नेप्सेले बताउँदै आएको थियो ।

“सूचिकरणका लागि प्रक्रिया पुरा गरेर आएपछि नेप्सेमा सूचिकृत भएको हो,” नेप्सेका एक अधिकारीले भने,“सिडीएससीले अहिले एउटै आजिन नम्बर राखेको छ भन्ने कुरा सुनिएको छ ।”

आइजिन नम्बरको विषय यति धेरै विवादित बनाउनुपर्ने आवश्यकनै नभएको नेप्सेका अधिकारीहरू बताउँछन् ।

पियोर इनर्जीले ५० लाख कित्ता सेयर मध्ये १६ लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो भने ८ लाख कित्ता कर्मचारी र सामुहिक लगानीकर्ताको लागि बिक्री गरेको थियो ।

बाँकी २६ लाख कित्ता सेयर संस्थापक पक्षको स्वामित्वमा रहेको छ ।