काठमाडौँ । नेपालभर नामी र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि ‘इज अन वालेट’ नामक विशेष अफर सुरू गरिएको छ। एमएडब्ल्यू वृद्धि मोटर्सले जेठ ११ देखि १५ गतेसम्म लागू हुने गरी बजेट घोषणा अघि यो अफर सार्वजनिक गरेको हो।
अफर अन्तर्गत ग्राहकहरूले नामी र सेरेसका नयाँ ईभी मोडलहरू उत्कृष्ट मूल्यमा प्राप्त गर्न सक्नेछन्। यो अफर नेपालभरका सबै अधिकृत शोरूमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
‘इज अन वालेट’ अफरले ग्राहकलाई विद्युतीय सवारी अपनाउन सहज बनाउने उद्देश्य राखेको छ। अफर भित्र ७ किलाेवाटर ३.५ किलाेवाट क्षमताका चार्जर, एक वर्षको अटो-प्लस बीमा, एक वर्षको सवारी कर, साथै निःशुल्क एसेसरीज प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार र हरेक बुकिङमा रोमाञ्चक माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ।
अफरलाई थप आकर्षक बनाउन चार जना भाग्यशाली ग्राहकहरूलाई हेलिकप्टरमार्फत अन्नपूर्ण बेस क्याम्प भ्रमणको अवसरसमेत दिइने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले यो सीमित अवधिको अफर भएकाले इच्छुक ग्राहकहरूलाई मूल्य वृद्धि हुनु अघि नजिकको नामी वा सेरेस शोरूम तथा अधिकृत डिलरमार्फत सुविधाको लाभ लिन आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस्