काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले युवा पुस्तालाई विदेश पठाएर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका छन् ।
सोमवार नेपाली काँग्रेस शिक्षा विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवालाई विदेश पठाएर शिक्षा क्षेत्र अघि बढ्न नसक्ने बताएका हुन् । उनले अहिलेको शिक्षाको स्थितिलाई कसरी सम्बोधन गर्ने ? भन्नेबारे सोच्न जरुरी रहेको बताए ।
उनले बुद्धिजीविहरूलाई राजनीतिक दलहरुको चाकरी नगर्न आग्रह गरे । भिसी बनिदिनुस् भनेर मन्त्री र प्रधानमन्त्री आउने परिस्थिति निर्माण गर्न आग्रह गरे । मन्त्री पन्तले नेपाललाई शिक्षा क्षेत्रमा अघि बढाउन सबै मिलेर काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्