प्रशासनिक झमेलाका कुरा सुनेर बुढो भइसक्यौँ, यो अत्ति भयोः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनिक झन्झटलाई समाधान गर्न जरुरी रहेको बताएका छन् ।

सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले जान्दादेखि नै प्रशासनकि झन्झट हुने गरेको सुनेको र अझै पनि त्यस्तै अवस्था रहेको बताएका हुन् ।

कान बुढा भइसक्दा पनि प्रशासनिक झन्झट समाधान गर्न नसक्नु दुःखद् रहेको बताए ।उनले अरूले शासन गर्दा प्रशासनिक झमेला हुनेकुरा सुन्ने गरेको र अहिले आफूहरुले शासन गर्दा पनि नबदलिएको भन्दै असन्तुष्टि जनाए ।उनले शाहसिक ढंगले कामहश्र गर्नुपर्नै र नयाँ चरणबाट सोचेर समस्याहरूको समाधान गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपाललाई एउटा नयाँ गन्तव्य चाहिएको भन्दै अब द्रुत गतिले सुशासन र विकासको बाटोमा अगाडि बढ्न जरुरी रहेको बताए ।