काठमाडाैँ। वीरगञ्जको सुक्खाबन्दरगाह भन्सार कार्यालयले ४१ अर्ब बढि राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको १० महिनामा कार्यालयले ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व संकलन गरेको हो ।
गत आर्थिक वर्ष सोही अवधिमा कार्यालयले १० अर्ब ३ करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको थियो । जसअनुसार कार्यालयले गत वर्षको तुलनामा यस वर्ष समिक्षा अवधिमा २.८५ प्रतिशत अर्थात् १ अर्ब २८ करोड बढी राजस्व संकलन गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।
कार्यालयले साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ , भदौमा चार अर्ब ६४ करोड रुपैयाँ, असोजमा चार अर्ब ३६ करोडरुपैया, कात्तिकमा तीन अर्ब ७९ करोड रुपैया, मङ्सिरमा तीन अर्ब २२ करोड रुपैयाँ, पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ, माघमा चार अर्ब २९ करोड रुपैयाँ, फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ, चैतमा चार अर्ब ५० करोड र वैशाखमा चार अर्ब ३४ करोडरुपैयाँ ५२ लाख ८९ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आर्थिक वर्षमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्