मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घटेर एक लाख ९० हजार ९०० रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।