काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेका छन् । गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै उनीहरूले संसद अवरुद्ध पारेका हुन् ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने चेतावनी दिए । उनले गृहमन्त्रीले नै सरुवा गरेको कर्मचारी अध्यागमनको कार्यालय प्रमुख भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रसस्त गर्नुपर्ने जिकिर गरे ।
“स्वयं गृहमन्त्रीज्युले नै सरुवा गर्नुभएको व्यक्ति कार्यालय प्रमुख रहेका छन् । उहाँको सचिवालय यसमा जोडिएको छ । अख्तियारले अपरेशन सुरु गरेको छ । उसलाई सानो माछा भनेर दुई दिनमै छोडिरहेको छ । ठुलो माछा को हो रु अहिले नै हामी कसैलाई आरोपित गर्न चाहादैनौँ । यसका लागि गृहमन्त्रीज्यूले राजीनामा दिएर मार्ग प्रसस्त गरिदिनुस् भनेर हाम्रो विनम्र अनुरोध छ,” उनले भने ।
अख्तियारले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लियो र उनीहरूका डिभाइसहरू अनुसन्धानका लागि पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्