काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालय समेत जोडिएको उल्लेख गरे । उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविन सुरू नभएसम्म संसद चल्न नदिने चेतावनी दिए ।
गृहमन्त्रीले राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले नारावाजी गरेपछि मंगलवारको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्