काठमाडौँ । प्रतिनिधिसभा बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको छ ।
मङ्गलबारको बिहान साढे ११ बजे बसेको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी, रास्वपा, राप्रपालगायत प्रतिपक्षी दलहरूको माग छ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्