मंगलबार नेप्से झिनो अंकले बढ्यो


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ । आजको दिन नेप्सेमा युनिर्भसल पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६३ करोड ५८ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा ४ ओटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कर्पोरेड डेभलपमेन्ट बैंक, ओम मेघाश्री फर्माक्यटिकल, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३ सय ९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७८ लाख २९ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।