मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित, चोभार डुबान रोक्न नेपाली सेना खटिने


काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्युनिकण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ ।

सिंहदरबारमा बुधवार बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा यो वर्ष मनसुनजन्य विपद् बढी हुनसक्ने भएकाले प्रतिकार्य योजना बनाइ पेश गरिएको र बैठकले पास गरेको जानकारी दिए ।

गत वर्षको बाढीबाट चोभारमा जाम भएर वहाव अवरुद्ध हुन गइ भएको डुबानबाट पाठ सिक्दै अब हुन नदिन लागि शहरी विकास मन्त्राललको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोधहरू हटाउने भन्ने निर्णय भएको बताए ।

उनले भने, “अहिले मनसुन छिटै आउँदैछ । यो वर्ष मनसुन बढी पनि छ । मनसुनको बेलामा प्रतिकार्य गर्ने योजना छ, त्यो राष्ट्रिय कार्ययोजना पेश भएको छ । त्यो राष्ट्रिय कार्ययोजना पास भएको छ । गत वर्षको बाढीबाट चोभारमा जाम भएर वहाव अवरुद्ध हुन गइ जुन डुबान भएको थियो, त्यो नहोस् भन्नका लागि शहरी विकास मन्त्राललको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोधहरु हटाउने भन्ने निर्णय भयो । मनसुन प्रतिकार्य कार्ययोजना छिटो तयार पारेर लागू गर्नुपर्छ । त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने थियो ” ।