ट्रेड टावरको आपिओमा आजदेखि आवेदन खुला


काठमाडौं । ट्रेड टावर लिमिटेडले आजतेदेखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आम सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओमा आवेदन खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको १०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता कित्ता सेयर नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि गत वैशाख ८ गतेदेखि २२ गतेसम्म निष्कासन गरिएको थियो ।

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ९८ हजार ५८४.६४ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरु तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त आईपीओमा छिटोमा जेठ १९ गते र ढिलोमा जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एल एस क्यापिटलाई नियु्क्त गरेको छ ।

आईपीओ निष्काशनको लागि रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउछ ।