काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी असार १ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनका लागि गत वैशाख २५ गते अनुमति पाएको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले त्रिपुरेश्वरस्थित राप्ती हाईड्रोको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ,पोखरा, नेपालगञ्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै लगानीकर्ताले मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सक्नेछन् ।
यो हकप्रदमा आवेदन दिने अन्तिम मिति असार २२ गते रहेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ ६ गते बुक क्लोज गरेको थियो। यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्