काठमाडाैँ । गणतन्त्र दिवसको अवसर पारेर हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनी गरेको छ ।
नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाहरूबारे आउँदो पुस्तालाई जानकारी दिन पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यले टिकट प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
हुलाक टिकट प्रदर्शी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले हुलाक टिकटको ऐतिहासिक एवं सांस्कृतिक महत्वबारे चर्चा गरिन् ।
उनले हुलाक टिकटले नेपालको इतिहासलाई जीवन्त राख्न मद्दत पु¥याउने विश्वास व्यक्त गरिन् । उनले नयाँ पुस्ताको लागि नेपालमा धार्मिक एवं सांस्कृतिक इतिहास अध्ययन गर्ने पाठशालाको रूपमा रहेको समेत बताइन् ।
तस्विरः न्युज एजेन्सी नेपाल




















प्रतिक्रिया दिनुहोस्