काठमाडौँ । यस वर्षको मनसुनबाट करिब २० लाख जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आंकलन गरेको छ ।
प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पारित गरेको छ ।
प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधि रहेको समितिले तयार गरेको कार्ययोजनामा उल्लेख गरिएको छ ।
जल तथा मौसम विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्ष हुने सम्भावना रहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्