काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ९ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आजको दिन नेप्सेमा न्याग्दी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको एक अर्ब ५ करोड ७३ लाख ६० हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयरमा सकारात्मक सर्किट लगेको छ । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । छन् ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ ।
कुल ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड ६० लाख ४ हजार रुपैयँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्