सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत बनाउने व्यवस्था कार्यान्वयनमा


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशत बनाउने उल्लेख गरेको थियो ।

बुधबार एकिकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले कुल निक्षेप दायित्वको ४ (चार) प्रतिशत अनिवार्य नगद मौज्दातबापत राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्थाबमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम आइतबारदेखि दैनिक रुपमा राष्ट्र बैंकमा राख्नु पर्नेछ ।