काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार दिउँसो ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्ने भएका छन् ।
संयुक्त सभाको बैठकमा दिउँसो ३ बजे आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची रहेको छ ।
बजेट पेस गर्नु अगाडी अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ । दिउँसो पौने २ बजे सभा समक्ष सर्वेक्षण पेस गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्