सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै


काठमाडौँ । आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक हुँदैछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दिउँसो ३ बजे संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्ने कार्यक्रम रहेको छ।

संघीय संसद्‌ सचिवालयका अनुसार आजको संयुक्त बैठकको कार्यसूचीमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने प्रमुख कार्यसूची रहेको छ।

बजेट पेस गर्नु अगाडि अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण सभा समक्ष पेस गर्ने छन्। आर्थिक सर्वेक्षण दिउँसो पौने २ बजे प्रस्तुत गरिने कार्यक्रम तय भएको छ।

संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ।