युएनडिपीद्वारा सगरमाथा आरोही शाकिल र श्रेष्ठ सम्मानित


काठमाडाैँ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु अभियन्ता र सगरमाथा आरोहीद्वय बंगलादेशी नागरिक इक्रामुल हसन शाकिल र नेपाली नागरिक पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ । 

बुधवार ललितपुरमा एक कार्यक्रका बीच युएनडिपी नेपालले आरोहीद्वय शाकिल र श्रेष्ठलाई सम्मान गरेको हो । शाकिलले पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको हो भने पूर्णिमाले भने एकै सिजनमा तीन पटक सगरमाथा चढ्दै इतिहास रचेकी हुन् ।

उनी एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बनेकी छन् । प्लास्टिक प्रदुषण विरुद्ध जागरुकता भन्ने नाराका साथ सगरमाथा चढेका दुवैले हिमालका समस्याहरुलाई सरकारले विकासका एजेण्डासँग जोड्न आवश्यक रहेको बताइन्।

सम्मान कार्यक्रममा बोल्दै उनीहरूले आफूले हिमाल आरोहणको क्रममा देखेका जलवायु परिवर्तनका असरहरू, वातावरणीय जोखिम र स्थानीय समुदायहरूको कठिन जीवनस्थिति कठिन बन्दै गएको बताए ।

सम्मान कार्यक्रममा युएनडिपी नेपालका नीति सल्लाहकार विजय सिंहले हिमाल संरक्षणका लागि उहाँहरुले देखाएको जागरुकताको सदुपयोग देशले गर्न सक्नुपर्ने बताए ।उनले हिमालका समस्याहरुलाई सरकारको विकासको एजेण्डासँग जोड्न आवश्यक रहेको बताए ।