काठमाडौँ । देशभर ९९ प्रतिशत जनसङ्ख्यामा वैकल्पिक ऊर्जा सहित विद्युत्काे पहुँच पुगेको छ।
आज प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलेले पेश गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार यस वर्षसम्म कुल जडित विद्युत् क्षमता ३ हजार ६०२ मेगावाट पुगेको जानकारी गराएका हुन् ।
त्यस्तै संघीय र स्थानीय तहबाट निर्माण भएका सडक सञ्जालको कुल लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ। देशमा इन्टरनेट सेवा प्रयोगकर्ताको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२ प्रतिशतभन्दा बढी घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको पाैडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्