काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान गरेको छ ।
बिहीबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वृद्धिदर ४.६१ प्रतिशत कायम रहने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको बताए ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु.६१ खर्ब ७ अर्ब पुग्ने अर्थमन्त्री पाैडेलकाे अनुमान छ ।
सरकारले यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान गरेको छ
त्यस्तै प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको छ भने औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ।
प्रतिक्रिया दिनुहोस्