काठमाडौँ । संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका निकायद्वारा सञ्चालित कार्यक्रमहरूबाट गत वर्ष करिब दुई लाख ३६ हजार ४ सय प्रत्यक्ष रोजगारी सिर्जना भएको छ।
आज अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्ष (२०८१/८२) को फागुन मसान्तसम्ममा मात्रै ५८ हजार ७ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको देखाएको छ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणमा कृषि क्षेत्रमा लगानी विस्तारसँगै रोजगारीको अवसर अझ वृद्धि गर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्