रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले रासायनिक मलको आपूर्ति बढाउने योजना सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको बजेट भाषण अनुसार रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टनसम्म पुर्याइनेछ ।

रासायनिक मलमा दिइने अनुदानका लागि सरकारले २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै, दीर्घकालीन समाधानका लागि सरकारले लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने उल्लेख गरिएको छ ।

मुलुकको कृषिजन्य उत्पादनमा माटोको गुणस्तर महत्वपूर्ण हुने भन्दै सरकारले पाङ्ग्ररिक कृषि प्रवर्धनका लागि पनि ध्यान दिएको छ ।