यी हुन् आगामी आर्थिक वर्षको बजेटका उद्देश्य र प्राथमिकता


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री पौडेल प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट उद्देश्य र प्राथमिकता निम्नानुसार रहेका छन् ।
उद्देश्य
उच्च दिगो तथा फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने ।

उद्यमशिलता विकास सार्वजनि तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने ।

आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।

सामाजिक संरक्षण तथा विकासका माध्यामबाट सामाजिक न्याय कायम गर्ने ।

गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रर्बधन गर्ने ।

प्राथमिकता
उद्यमशिलता रोजगारी उत्पादन उत्पादकत्वको अभिवृद्धि।

प्रतिफलयुक्त गुणस्तर भौतिक पूर्वाधारमा लगानी विस्तार ।

सामाजिक क्षेत्रमा गुणात्मक सुधार सन्तुलित विकास ।

सामाजिक सुनिश्चितता ।