प्रदेश र स्थानीय तहमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण हुने अनुमान


काठमाडौँ । राजस्व बाडँफाट र अनुदान गरी प्रदेश र स्थानीय तहमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण हुने अनुमान गरिएको छ ।

आर्थिंक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राजस्व बाडँफाट र अनुदान गरी प्रदेश र स्थानीय तहमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण हुने अनुमान गरिएको उल्लेख गरेका छन् ।

प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटबाट एक खर्ब ६५ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान गरिएको छ ।
वित्तीय समानिकरण अनुदानको लागि प्रदेशको लागि ६० अर्ब ६६ करोड रुपैयाँ र स्थानीय तहमा ८८ अर्ब ९७ करोड रुपैयाँ हस्तान्तरण गर्ने उल्लेख गरिएको छ ।

सर्शत अनुदान प्रदेशको लागि ३० अर्ब ३५ करोड रुपैयाँ र स्थानीय तहको लागि २ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ गरी २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ हस्तान्तरण गर्ने जनाइएको छ ।

समपुरक अनुदान प्रदेशको लागि ३ अर्ब २८ करोड रुपैयाँ र स्थानीय तहको लागि ९ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सर्शत, समपुरक र विशेष अनुदान कार्यसम्पादनको लागि हस्तान्तरण गर्ने व्यवस्था मिलाइको जनाइएको छ ।