काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कूल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आव कुल विनियोजन बजेटको ८९.०४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित अनुमान गरेका छन् ।
चालू खर्चतर्फ विनियोजनको ८८.०५ प्रतिशत, पुँजीगत खर्च ८३.०४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७.०६ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन्।
त्यस्तै वैदेशिक सहायता अनुदान ३४ अर्ब ८९ करोड र ऋण १ खर्ब ६९ अर्ब ६० करोड परिचालित हुने संशोधित अनुमान छ।
आव २०८१ ८२ मा राजस्व परिचालन १७.०१ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ३९ करोड हुने सरकारको अनुमान छ।
सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्