२५ प्रतिशतसम्म विदेशी लगानी गर्न अनुमति


काठमाडाैँ । सरकारले विदेशमा नेपालीलाई लगानीका लागि बाटो खोल्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गर्दै  व्यवसायी/लगानीकर्तालाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताए । उनकाअनुसार विदेशमा लगानी गर्नु अनुमति भने नेपाल लगानी बोर्डले दिनेछ ।

बजेटमा सरकारले औद्योगिक क्षेत्रको भाडा ५० प्रतिशतले घटाउने घोषणा गरिएको  छ । खानीजन्य वस्तुहरुको उत्खननदेखि निकासीसम्मको व्यवस्था मिलाइनेछ । 

बजेटमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने कार्यक्रम राखिएको छ । जसका लागि ७३ करोड बजेट छुट्टाइएको छ । कर्जा तथा निक्षेप सुरक्षणमार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिनेछ ।

आगामी वर्ष १ सय स्थानीय तहमा भूमि बैंक, वैकल्पिक वित्त कोष परिचालन गरी निजगढ बनाइने अर्थमन्त्री पौडेलले बताए ।