थप मुलुकहरुसँग द्विपक्षीय श्रम सम्झौता गरिने


काठमाडौँ । थप मुलुकहरुसँग द्विपक्षीय श्रम सम्झौता गरिने भएको छ ।

आर्थिंक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै श्रम कुटनीतिको माध्यमबाट थप मुलुकहरुसँग श्रम सम्झौता गरिने बताएका हुन् ।

वैदेशिक रोजगारीको लागि जाने महिलाहरुको कार्यस्थलको सुरक्षा र सेवा सुविधा सुनिश्चित हुने गरी गन्तब्य मुलुकहरुसँग थप सम्झौता गरिने उल्लेख गरिएको छ ।