पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ कराेड बजेट विनियोजन


काठमाडाैँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै उनले मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको बताएका हुन्।

उनले होटेल, रेस्टुरेन्ट, जङ्गल सफारी लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूको लागि सेवा शुल्कको माध्यमबाट प्रोत्साहन गर्न कानूनी व्यवस्था गरिने बताए ।

अर्थमन्त्री पौडेलले सगरमाथा, पशुपति, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तड लगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्य स्थलहरूमा पूर्वाधार विकास गरिने जिकिर गरे ।